सुदूरपश्चिम प्रदेश सभाकाे सभामुखमा भीम भण्डारी निर्वाचित
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा भीम भण्डारी निर्वाचित हुनुभएको छ ।
सभामुख पदको लागि तेस्रो पटक भएको निर्वाचनमा कांग्रेसका मानबहादुर रावललाई पराजित गर्दै माओवादी केन्द्रका भण्डारी निर्वाचित हुनुभएको हो ।
यस अघि २८ र ३० गते भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि आज पुन निर्वाचन भएको थियाे।
आज बसेको प्रदेशसभा बैठकमा सभामुख चयनका लागि भएको मत विभाजनमा भण्डारीले २९ मत प्राप्त गर्नुभयो । उहाँको विपक्षमा २३ मत खसेको थियो ।
यहाँ सत्ता गठबन्धन नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र ११, नागरिक उन्मुक्ती ७ र राप्रपाका १ जना तथा नेपाली काँग्रेसका १९, नेकपा एकीकृतका ४ र १ जना स्वतन्त्र सांसद हुनुहुन्छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बन्न २७ मत आवश्यक थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #भीम भण्डारी, #सुदूरपश्चिम प्रदेश सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्