नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय महाधिवेशन जेठमा हुने
काठमाडाैं । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी) को सातौं राष्ट्रिय महाधिवेशन आगामी जेठ दोस्रो साता हुने भएको छ ।
एनटियुसीको गत पुस २९ र ३० गते बसेको राष्ट्रिय समितिको बैठकले २०८० साल जेठ १२ देखि १४ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युवा र महिलाहरुलाई नेतृत्वमा ल्याई नेपालको मजदुर आन्दोलनलाई अझै सशक्त बनाउने गरी महाधिवेशनमा जाने निर्णय गरिएको एनटियुसीका अध्यक्ष पुष्कर आचार्यले बताउनुभयो ।
महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि अध्यक्ष आचार्यको नेतृत्वमा एनटियुसी राष्ट्रिय समितिको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, प्रदेश अध्यक्षहरु, युवा तथा महिला समितिका अध्यक्षहरु, जिल्ला अध्यक्षहरु समेत रहने गरी महाधिवेशनको मूल तयारी समिति समेत गठन गरिएको छ ।
त्यसैगरी महासचिव योगेन्द्रकुमार कुँवरको संयोजकत्वमा महाधिवेशन प्रतिनिधि, सदस्यता तथा शुल्क छानविन समिति समेत गठन गरिएको छ । महाधिवेशनको कार्यतालिका अनुसार सदस्यता वितरण तथा नवीकरणको काम आगामी फागुन मसान्तभित्र सम्पन्न गर्ने, चैत्र मसान्त भित्र जिल्ला, प्रदेशको अधिवेशन सम्पन्न गर्ने र २०८० साल वैशाख २१ गतेसम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि विवरण लगायतका सम्पूर्ण विवरण अध्यावधिक गरिने भएकाे छ ।
महाधिवेशनमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न आवश्यक रणनीति तय गर्ने समेत अध्यक्ष आचार्यले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल ट्रेड युनियन कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्