Techie IT
मंगलबार, जेठ १२,२०८३

नेपालगञ्ज बाट नक्कली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद


नेपालगन्ज। नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद भएको छ । धम्बोझीचोकस्थित पाहुना घर होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट प्रहरीले बरामद गरेको हाे ।

पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको छ । ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठामा हेर्दा ५० रुपैयाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको छ ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताउनुभयो । प्रहरीले होटलमा बसेको व्यक्तिको खोजी गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नक्कली नोट बरामद


तपाईको कमेन्ट लेख्नुहोस्