नवनियुक्त १२ मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएकी छन्। राष्ट्रपति भण्डारीले शीतल निवासमा १२ जना मन्त्री र तीन जना राज्यमन्त्रीलाई शपथग्रहण गराएकी हुन्।
रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, डा. विमला राई परराष्ट्र मन्त्रालय, पदम गिरी स्वास्थ्य मन्त्रालय, हरि उप्रेती रक्षा मन्त्रालय, भगवती चौधरीले महिला तथा बालबालिका मन्त्री, शिशिर खनाल, शिक्षा, डिपी अर्याल, श्रम तथा रोजगारमन्त्री, राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री, विक्रम पाण्डे, शहरी विकास र ध्रूव प्रधान कानुनमन्त्रीले शपथग्रहण गरेका हुन्।
राज्यमन्त्रीहरू दीपकबहादुर सिंहले उर्जा मन्त्रालय, सुशीला श्रीपालीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र डा तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष शपथ लिएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राज्यमन्त्रीले लिए शपथ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्