यसपटक देखिएको डेङ्गुमा सेरोटाइप–३ स्वरूप
काठमाडौँ । नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप–३ स्वरूपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप-३ स्वरूपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिनुभयो ।
उहाँले विगतका वर्षभन्दा यसपटक सेरोटाइप–३ धेरै देखिएको बताउनुभयो । “यस भन्दाअघि पनि हामीले नमूना परीक्षण गर्दा थोरै मात्रामा सेरोटाइप–३ देखिएको थियो”, उहाँले भन्नुभयो, “यसपटक भने बिरामी पनि धेरै भएकाले धेरै जनामा सेरोटाइप–३ देखिएको छ ।”
सामन्तयता एकपटक डेङ्गु भएकालाई पुनः डेङ्गु हुँदा सेरोटाइप–३ देखिने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँका अनुसार तीन ठाउँमा गरिएको तीन सय ३४ वटा नमूना परीक्षणमा ८१ जनामा सेरोटाइप–३ देखिएको छ भने दुवै खालका स्वरूप (मिक्स) भने छ जनाको नमूना परीक्षणमा देखिएको छ ।
सामान्यता एकपटक डेङ्गु देखिएकालाई अर्को पटक देखिँदा सेरोटाइप–२, सेरोटाइप(३ देखिने गर्दछ । “सरोटाइप–१ र सेरोटाइप–२ भइसकेका बिरामीले डेङ्गुसँग लड्ने क्षमता बनाइसकेका हुन्छन्”, उहाँले भन्नुभयो, “यही ती दुई स्वरूपको सङ्क्रमण भइसकेका बिरामीलाई पुनःडेङ्गु भयो भने सेरोटाइप–३ हुन्छ ।”
राष्ट्रिय प्रयोगशाला टेकुमा दुई सय ७२ परीक्षणमध्ये ५९, त्रिविको ल्याबमा गरिएका ५० नमुनामध्ये १७ र धरानमा १२ नमुना परीक्षणमध्ये पाँच जनामा सेरोटाइप–३ देखिएको छ । यस्तै टेकुमा सेरोटाइप–१ प्रजाति एक सय २६, सेरोटाइप–२ प्रजाति २९ र ५३ नमुना परीक्षणमा डेङ्गु देखिएको थिएन । यस्तै त्रिविमा ५० जनामा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ स्वरूप २१ र सेरोटाइप(२ स्वरूप पाँच जना र छ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थिएन । यस्तै धरानमा १२ जनामा गरिएको परीक्षणमा सात जनामा सेरोटाइप–१ देखिएको थियो ।
महाशाखाले यसअघि २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ मात्र देखिएको उहाँले जानकारी दिनुभयो । डेङ्गु पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट डा विमल चालिसेले अघिल्लो पटक बिरामीमा देखिएको डेङ्गीको स्वरूप पछिल्लो फेरि डेङ्गु देखिएका स्वरूप परिवर्तन गरी जटिल समस्या देखिने बताउनुहुन्छ । “पहिलो पटक सेरोटाइप–१ डेङ्गुको स्वरूप देखिएको छ भने अर्को पटक सङ्क्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ”, उहाँले भन्नुभयो, “यसरी पुनः डेङ्गु देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ ।”
उच्च ज्वरो आउने र टाउको दुख्ने, बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने लक्षणजस्ता पहिले सङ्क्रमण भएको भन्दा दोस्रो पटक डेङ्गु भएका बिरामीलाई गराउने गर्दछ ।
यस्तै सामान्य प्रकारको डेङ्गुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने जस्ता लक्षण देखा पर्दछन् । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ ।
सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएको र डेङ्गुबाट ८८ जनाको ज्यान गइसकेको छ । महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा दाहालले डेङ्गु सङ्क्रमण पूर्णरुपमा नियन्त्रणमा नआइसकेकाले हप्तामा औसतमा सातदेखि आठ जनामा देखिने गरेको बताउनुहुन्छ ।
सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेङ्गु बढेको पाइन्छ । तीमध्ये सबभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेङ्गुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेङ्गुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेङ्गुका बिरामी देखिएका थिए । रासस
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #डेङ्गु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्