विमान दुर्घटना: मृतकको शव पहिचान गर्न र पोष्टमार्टममा सघाउन विज्ञ पोखरा पठाइयो
काठमाडौँ । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको शव पहिचान तथा पोष्टमार्टममा सघाउन त्रिवि शिक्षण अस्पतालबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पठाइएको छ ।
शिक्षण अस्पतालबाट फरेन्सिक विज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाललाई पोखरा पठाइएको हो ।
एयर डाइनोस्टिक हेलिकप्टरबाट उनीहरुलाई पोखरा पठाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
पोष्टमार्टम तथा फरेन्सिक जाँचका लागि पोखरामै पाँच जना विज्ञहरु भए पनि काठमाडौँबाट गएका विज्ञहरुले थप काममा सघाउने डा. अधिकारीले बताए ।
अहिले सम्म दुर्घटनामा परेका ६९ जना यात्रुको शव फेला परेको छ । बाँकी तीन जना शिशु तथा बालबालिकाहरुको शव भेटिएको छैन ।
डा. अधिकारीले पहिचान भएका र त्यहिको स्थानीय यात्रुहरुको शवलाई पोखराबाटै पोष्टमार्टम गरी आफन्तलाई बुझाउने व्यवस्था भएको बताए ।
उनले चालक दलका सदस्य, विदेशी नागरिक तथा पहिचान नखुलेका अन्य यात्रुहरुको शव काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पतालबाट पोष्टमार्टम गरेर जिम्मा लगाइने तयारी भएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #यति एयरलाइन्स, #विमान दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्