बागमती प्रदेश: उपसभामुख पदको निर्वाचन आज हुँदै
काठमाडाैं । बागमती प्रदेशको उपसभामुख पदकको निर्वाचन साेमबार हुने भएको छ ।
उपसभामुख पदकको निर्वाचन साेमबार दिउँसो ३ बजे हुने भएकाे हाे । देशभर शोक बिदा भएपनि उपसभामुखको निर्वाचनकाे कार्यक्रम स्थगित नहुने बागमती प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुखको चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार उपसभामुख चयन गर्नुपर्ने साेमबार अन्तिम दिन हो। बागमती प्रदेश सभाको पहिलो बैठक गत पुस १८ गते बसेको थियो । प्रदेश सभामा उसभामुख पदमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
सत्ता साझेदार दलहरुको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाई, नेपाली कांग्रेसबाट सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्