प्रधानमन्त्री ‘प्रचण्ड’ ओलीलाई भेट्न बालकोट पुगे
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास पुग्नु भएको छ ।
दाहाल ओलीलाई भेट्न सोमबार बिहान भक्तपुरस्थित ओली निवास बालकोट पुग्नु भएको हो । प्रधानमन्त्री दाहाल प्रतिनिधि सभामुखको सभामुख चयन,मन्त्रिपरिषद्को पूर्णता र समसामयिक राजनीतिक विषय लगायतमा छलफल गर्न ओली निवास पुग्नु भएको हो । प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्नेबारे सत्ता गठबन्धनबीच सहमति भने बनिसकेको छैन ।
तर दाहाललाई प्रधमामन्त्रीमा समर्थन गर्दा एमालेले सभामुख लिने सहमति भएको कतिपय एमाले नेताहरुको दाबी छ । त्यसैगरी गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले मन्त्रिपरिषद्लाई पनि पूर्णता दिन सक्नु भएको छैन । गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागवण्डा मिल्न नसक्दा मन्त्रिपरिषद बिस्तारमा ढिलाई भइरहेको हो ।
पुस ११ राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएका दाहालले सोही दिन ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको थियो । तर मन्त्री भएका ४ जनाले अझै मन्त्रालय पाएका छैनन् । उनीहरु बिना विभागीय मन्त्री बनेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्