प्रधानमन्त्री ‘प्रचण्ड’ ओलीलाई भेट्न बालकोट पुगे

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास पुग्नु भएको छ ।
दाहाल ओलीलाई भेट्न सोमबार बिहान भक्तपुरस्थित ओली निवास बालकोट पुग्नु भएको हो । प्रधानमन्त्री दाहाल प्रतिनिधि सभामुखको सभामुख चयन,मन्त्रिपरिषद्को पूर्णता र समसामयिक राजनीतिक विषय लगायतमा छलफल गर्न ओली निवास पुग्नु भएको हो । प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्नेबारे सत्ता गठबन्धनबीच सहमति भने बनिसकेको छैन ।
तर दाहाललाई प्रधमामन्त्रीमा समर्थन गर्दा एमालेले सभामुख लिने सहमति भएको कतिपय एमाले नेताहरुको दाबी छ । त्यसैगरी गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले मन्त्रिपरिषद्लाई पनि पूर्णता दिन सक्नु भएको छैन । गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागवण्डा मिल्न नसक्दा मन्त्रिपरिषद बिस्तारमा ढिलाई भइरहेको हो ।
पुस ११ राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएका दाहालले सोही दिन ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको थियो । तर मन्त्री भएका ४ जनाले अझै मन्त्रालय पाएका छैनन् । उनीहरु बिना विभागीय मन्त्री बनेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्