Techie IT
बुधबार, कात्तिक २६,२०८३

आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने


काठमाडौं, २ माघ । कास्कीको पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले आज शोक विदा दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आज सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आइतबार विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज शोक विदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना सवार उडेको यति एयरको विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

विमान दुर्घटनामा परेका मध्ये ६९ को शव फेला परेको छ भने २३ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परेका खोजी तथा उद्धारको काम आज सोमबार बिहानबाट सुचारु हुँदै छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #आज शोक विदा


तपाईको कमेन्ट लेख्नुहोस्