Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखराको सेती खोचमा जहाज दुर्घटना


काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको बताए । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #यति एयरलाइन्सको विमान दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्