लुम्बिनीमा मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिए शपथ
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्रीसँगै आजै अन्य २ मन्त्रीहरुले समेत शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र एमालेको तर्फबा अर्घाखाँचीका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले शपथ लिएका छन् ।
उनीहरुले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् । यसअघि माओवादीबाट संसदीय दलको नेता जोखबहादुर महराले मन्त्रीको शपथ लिने भनिएपनि मन्त्रालयको भागवण्डा नमिलेपछि केसीले मात्रै शपथ लिएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #लिला गिरी, #लुम्बिनी प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्