बूढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री दाहालको चासो, मुख्य सचिवलाई दिए निर्देशन

बूढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्।
बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका कामलाई अगाडि बढाउन मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका हुन्।
बालुवाटारमा भएको छलफलमा गोरखा र धादिङबाट निर्वाचित सांसदहरू उपस्थित थिए। गत मंसिरमा भएको चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड पनि गोरखा क्षेत्र नम्बर २ बाटै प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए।
गोरखा १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाई र धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस सांसद रामनाथ अधिकारीलगायत उपस्थित छलफलमा प्रधानमन्त्रीले बूढीगण्डकी आयोजना अघि बढाउन आवश्यक काम गर्न मुख्य सचिवलाई निर्देशन दिएका हुन्।
नेपालीहरूकै लगानीमा आयोजना बनाउने तयारी छ। आयोजना क्षेत्रमा पर्ने गोरखा र धादिङ तर्फका स्थानीयको घरजग्गाको मुआब्जा दिने काम भइरहेका छन्। तर कतिपय ठाउँमा मुआब्जा वितरणलगायत काम हुन सकेको छैन।
बूढीगण्डकी सरोकारवालाहरूका समस्या बुझ्न गोरखाको आरूघाटमा अन्तर्क्रियासमेत गर्ने तयारी रहेको सांसद बजगाईले जानकारी दिए।
‘बूढीगण्डकी आयोजना निर्माणमा ढिलाइ भइरहेको छ। मुआब्जालगायत वितरण गर्ने काम पनि केही ठाउँमा बाँकी नै छ,’ उनले भने, ‘आयोजनाका काम अघि बढाउन प्रधानमन्त्रीज्यूले चासो दिनुभएको छ। अब आयोजनाका काम अघि बढ्छ, हामी जनताका कुरा सुन्न आरूघाटमा सरोकारवालाहरूसँग अन्तर्क्रियासमेत राख्दैछौं।’
चुनावका बेला गोरखा र धादिङ क्षेत्रमा बूढीगण्डकी आयोजनालाई तत्कालै अघि बढाउन पहल गर्नेजस्ता विषय उठान भएका थिए। सोही प्रतिबद्धताअनुसार आयोजनाका कामलाई अगाडि बढाउन पहल थालिएको सांसद बजगाई बताउँछन्।
आयोजनाका साथै लार्के-ठोरी सडक निर्माण र गोरखाका विकासका लागि पनि सरकारले आवश्यक सहयोग गर्नुपर्ने सांसद बजगाईले बताएका छन्। बूढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटीलगायत छिट्टै टुंगो लगाएर आयोजना निर्माणका काम थाल्नुपर्ने बजगाई बताउँछन्।
यसैबीच प्रधानमन्त्री प्रचण्डले बुधबार गोरखा महोत्सव उद्घाटन गर्दै चुनावी प्रतिबद्धता पूरा गर्ने र गोरखाको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका थिए।
‘बूढीगण्डकी जलविद्युत आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक, पालुङटार विमानस्थल लगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत् गोरखालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता पूरा गर्न म लाग्नेछु,’ उनले भनेका थिए।
१२ सय मेगावाट क्षमताको आयोजना बनाउने भने पनि लामो समयदेखि मुआब्जा वितरणबाहेक अन्य काम खासै हुन सकेको छैन। अब आयोजनाको निर्माण कार्यलाई नै अघि बढाउनुपर्ने माग सरोकारवालाहरूले राखिरहेका छन्। दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #बूढीगण्डकी जलविद्युत आयोजना, #राजेन्द्र बजगाईँ, #रामनाथ अधिकारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्