Techie IT
सोमबार, वैशाख २२,२०८२

भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश


काठमाडौं । भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय खेलको ३९ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि ४६ औं मिनेटमा स्यामुएल लिनोले गोल गर्दै भ्यालेन्सियालाई १–१ को बराबरीमा ल्याएका थिए ।

निर्धारित समयमा १–१ को बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा रियलका करिम बेन्जिमा, टोनी क्रुस,लुका मोड्रिच र मार्को एसेन्सियोले गोल गरे । भ्यालेन्सियाका एडिन्सन काभानी, मोरिबा र हुगो गुइलामोनले गोल गरे । उसका जोसे गाया र एरे कोमेर्टले पेनाल्टी गोल गर्न असफल भए ।

अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ । रियल बेटिस र बार्सिलोनाले बिहीबार राति प्रतिस्पर्धा गर्दैछन् ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #भ्यालेन्सिया, #रियल म्याड्रिड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545