आम जनतालाई सर्वसुलभ गुणस्तरीय सेवा दिने उद्देश्यले क्लिनिक नेपालको सेवा शुभारम्भ
काठमाडौं । आम जनतालाई सर्वसुलभ रुपमा गुणस्तरीय सेवा दिने उद्देश्यले क्लिनिक नेपालको स्थापना गरिएको छ । राष्ट्रिय एकता दिवसको अवसर पारेर मिति २०७९ पौष २७ गते बुधबार क्लिनिक नेपालको सेवा शुभारम्भ भयो ।
काठमाडौं, पिङ्गलास्थान, गौशालास्थित नेपाल ल्याब हाउस अर्न्तगत क्लिनिक नेपाल बाट सेवा सुरु गरिएको छ । संस्थापक तथा मेडिकल डाइरेक्टर डा. किरण जंग कुवँरका अनुसार क्लिनिक नेपालबाट फाईभ स्टार मेडिकल सेवा दिने लक्ष्य राखिएको छ ।
सुपरस्पेलिस्ट चिकित्सकिय सेवा, सर्वसुलभ मेडिकल प्याकेज र होम मेडिकल सर्भिस समेत प्रदान गरिने डा. कुवँरले बताउनु भयो । यसले प्रदान गर्ने सेवाहरु गर्भावस्था, भ्रुण स्वास्थ्य, क्यान्सर केयर, बाँझोपना, पथ्थरी लगायतका स्वास्थ्य सेवाहरु रहेका छन् । डा. कुबँरका अनुसार घरमै पुगेर रगत लिने र अनलाईनबाट रिपोर्ट हेर्न सकिने सुविधा समेत रहेको छ । नेपाल ल्याब हाउसका प्रबन्ध निर्देशक प्रा. डा. विदुर वस्तीले नेपाल सरकार बाट ए ग्रेडको मान्यता प्राप्त ल्याब प्रयोगशालाको गुणस्तर अब्बल रहेको उल्लेख गर्दै गुणस्तरिय परिक्षणको सेवा सहित क्लिनिक नेपाल सुरु गर्न लागेकोमा खुशी व्यक्त गर्नु भयो ।
त्यस्तै ल्याब हाउसका प्रमुख अपरेटिङ्ग अफिसर (सीओओ) बासुदेब घिमिरेले यो सेवाको गुणस्तर तथा पहुँचमा विस्तार गर्न व्यवस्थापन पक्ष लाग्ने प्रतिबद्धता व्यक्त गर्दै छिटै नै सिटिस्क्यान एम आर आई सेवा सुचारु हुने छ भन्ने जानकारी गराउनु भयो ।

क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #क्लिनिक नेपाल, #डा. किरण जंग कुवँर, #नेपाल ल्याब हाउस, #प्रा. डा. विदुर वस्ती, #बासुदेब घिमिरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्