विधान अधिवेशन गर्न जसपाको जिम्मेवारी तोकियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनको तयारी काम अगाडि बढाएको छ ।
जसपाको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको हो ।
विभागले प्रदेश नं १ मा खगेन्द्र माखिम, मधेश प्रदेशमा कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्का तथा बागमती प्रदेशमा विद्युत बज्राचार्यलाई जिम्मेवारी दिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । यसैगरी, गण्डकी प्रदेशमा धनप्रसाद तामाङ र लुम्बिनी प्रदेशमा अशोक कुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामी मगरलाई जिम्मेवारी दिएको छ ।
राष्टिय समितिहरुमा लाक्पा शेर्पा, खगेन्द्र माखिम, बोम दर्लामी, जनवर्गीय संगठनहरुमा रञ्जु ठाकुर, भीम राई र अशेश्वर यादव, गैर भौगोलिकमा चन्देश्वर प्रसाद सिंह र मञ्जु अन्सारी तथा प्रवास विशेष प्रदेश समितिमा रामसहायप्रसाद यादवलाई जिम्मेवारी दिएको बस्नेतले जानकारी दिनुभयो ।
पार्टीले चैत्रसम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागले अभिलेख संकलनको कामलाई तिव्रता दिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्