प्रधानमन्त्री ‘प्रचण्ड’ आज गोरखा जाँदै
काठमाडौँ। । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा आउनुहुने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड बुधबारबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा आउन लाग्नुभएको हो । महोत्सव खेलकुद मैदान हरटारीमा आयोजना हुँदै छ ।
गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका उहाँ प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा आउन लाग्नुभएको हो ।
यसैबीच प्रधान सेनापति प्रभुराम शर्मा पनि बुधबार गोरखा आउँदै हुनुहुन्छ । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उहाँ गोरखा आउन लाग्नुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्