Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार १ लाख २ हजार ३०० मा कारोबार भएको छापावाल सुन आज तोलामा १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । आज चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्