Techie IT
सोमबार, जेठ ११,२०८३

तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा


काठमाडौं । तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे भ्रष्ट्राचारको मुद्धामा अख्तीयार परेका छन । घिमिरेमाथी २०७६ सालमा रुपन्देहीको कोटहीभाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दा नदीजन्य उत्खननको टेण्डर प्रक्रियामा ठेकेदारसंग मीलेमतोमा रकम घटाई ४३,७०,००० रुपैया घोटला गरेको आरोप लागेको छ ।

आ.व २०७६ / ७७ मा दानव नदीको सिपवाघाटको बालुवा उत्खननको ठेक्का ए. आर. के निमार्ण सेवालाई प्राप्त गराउन घिमिरेले नबिन निमार्ण सेवा र दुबे .जि निमार्ण सेवाका प्रोपाइटरलाई मिालाएका थिए ।

सार्बजनीक खरिद ऐन, २०६३ र नियमावली २०६४ अनुसार स्थानियतहका बोलपत्र मुल्याङ्गन समितिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत रहेने ब्यवस्था अनुसार घिमिरेले ऐन मिचेर आफु अनुकुल टेण्डर मिलाएका थिए ।

घिमिरे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको श्रावण १४ गतेको निणर्य अनुरुप तारकेश्वर नगरपालिकामा आएका थिए ।

मन्त्रालयले सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका ३४ जना उपसचिव र ५९ जना शाखा अधिकृत कर्मचारीहरूको सरुवा गरेको थियो ।
उपसचिवमध्ये १५ जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् भने नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका ७ जना अन्य निकायमा सरुवा भएका छन् । त्यस्तै, १२ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका थिए ।

हेर्नुहोस अख्तीयारको आरोप पत्र

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरका प्रशासकीय अधिकृत घिमिरे, #नेत्र प्रसाद घिमिरे भ्रष्ट्राचार


तपाईको कमेन्ट लेख्नुहोस्