प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे पुष २६ गते नै निर्णय गर्छौं : माधव नेपाल

काठमाडौं, २० पुष । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भनेर अहिले निर्णय नगरिएको बताएका छन् । माधवकुमार नेपालले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने दिन पुष २६ गते नै निर्णय लिने बताए ।
आज (बुधबार) काठमाडौंमा आयोजित युवा संघ नेपालको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्ड नेतृत्वको सरकारको नीति तथा कार्यक्रम हेरेर समर्थन वा के गर्ने भन्नेबारे निर्णय लिने बताउँदै आएका छन् ।
नेकपा (एकीकृत समाजवादी) को हालै सम्पन्न भएका स्थायी कमिटी र पोलिटब्यूरो बैठकले पनि सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे कुनै निर्णय लिन सकेको थिएन । तर, प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने वा नदिने भन्नेबारे निर्णय लिन सचिवालयलाई अधिकार प्रदान गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्