नेतासँग छलफल गरेर तरुण दललाई पूर्णता दिन सभापतिको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलको कार्यसमितिलाई पूर्णता दिनका लागि पार्टीका नेताहरुसँग छलफल गर्न तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई निर्देशन दिएका छन् ।
गुरुङले बुधबार ९आज० बिहान सभापति देउवालाई उनको निवास धुम्बाराहीमा भेटेका थिए ।अन्य समूहका नेताहरुलाई भेटेर तरुण दललाई पूर्णता दिन सभापतिले निर्देशन दिएको गुरुङले अनलाइनलाइखबरलाई बताए । ‘अरु नेताहरुसँग छलफल गरेर तरुण दलको पूर्ण कार्यसमिति बनाउन भन्नुभएको छ,’ गुरुङले भने ।
विधानतः तरुण दलको कार्यसमिति ९५ सदस्यीय हुने व्यवस्था छ । कार्यसमितिमा अध्यक्ष बाहेकका पदाधिकारी नहुने उनले बताए ।
पार्टी केन्द्रको निर्णय अनुसार संघको निर्वाचन सकिएको तीन महिनाभित्र भ्रातृ संस्थाले अधिवेशन गर्नुपर्दछ । १० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेको कांग्रेसले पाँच भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै सभापति देउवाले मनोनित गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #विद्वान गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्