बालाजु माछापोखरीस्थित मिठाई पसलमा सिल्ड ,अत्याधिक मिसावट र सरसफाईको कमी
काठमाडौं ।बालाजु माछापोखरीस्थित सुर्यदेव मिठाई पसललाई अनुगमन टोलीले सिल्ड गरेको छ ।
कानुनी प्रक्रिया पुरा नगरि संञ्चालन गरिएको सो मिठाई पसलमा अत्याधिक मिसावट, सरसफाईको कमी तथा व्यक्तिगत सरसफाई पनि सन्तोषजनक नदेखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि पसल सिल्ड गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वरराज सुवेदीले जानकारी दिए ।
राजधानीमा सञ्चालित चिकेन स्टेशन (खाजा पसल)मा अखाद्य तेलको प्रयोग भएको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबार गरेको बजार अनुगमनका क्रममा काठमाण्डौ महानगरपालिकाको सितापाईलास्थित चिकेन स्टेशनमा अखाद्य तेल प्रयोग भएको पाईएको हो ।
चिकेन फ्राईका लागि राखिएको तेल हाई पोलारिटी (अत्याधिक डढेको) पाइएपछि अनुगमन टोलीले सबै तेल नष्ट गरि ३ दिन भित्र विभागमा उपस्थित हुनका लागि पत्र काटेको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अनुगमनका क्रममा गुणस्तरहीन खाद्य सामाग्री फेला पर्नुको साथै सरसफाईमा कमि र कानुनी प्रक्रिया पनि पुरा नगरेको पाईएकाले नियमक निकायले अनुगमन तिब्र पार्नुपर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #मिठाई पसलमा सिल्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्