के सारा र कार्तिक फेरि छन् डेटिङमा ?

एजेन्सी । भारतीय अभिनेत्री सारा अली खान र अभिनेता कार्तिक आर्यन फेरी प्रेम सम्बन्धमा रहेका छन् ।
उनीहरू फेरि प्रेम सम्बन्ध भएको खुलासा भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
फिल्म लभ आजकल २ फिल्मको छायांकन क्रममा उनीहरूबीच प्रेम सम्बन्ध गाँसिएको खबर बाहिरिएको थियो । केही समयपछि उनीहरूको ब्रेकअप भएको खबर पनि सार्वजनिक भयो । हालै उनीहरू फेरि प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएको छ ।
कार्तिक र सारा आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छन् । यतिबेला दुवै जना देश बाहिर घुम्न गएका छन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार सारा लण्डनमा छिन् ।
साराले सामाजिक सञ्जालमा आफ्नो भाइ इब्राहिम अली खान र साथीसँग तस्बिर सेयर गरिरहेकी छन् भने कार्तिकले पनि सोही स्थानमा घुमिरहेको तस्विर एउटै समयमा सार्वजनिक गरेका छन् ।
सार्वजनिक तस्बिरको आधारमा उनीहरू फेरि एकसाथ भएको अनुमान गरिएको छ । सारा र कार्तिकले एकै समयमा एकपछि अर्को तस्बिर पोस्ट गरेका थिए । जसमा रंगीन पृष्ठभूमि देखिन्छ ।
कार्तिक आगामी फिल्म ‘शहजादा’ मा देखिनेछन् । योसँगै उनी ‘क्याप्टेन इन्डिया’ र ‘सत्यप्रेमकी कथा’ मा पनि देखिनेछन् । सारा लक्ष्मण उटेकरको ‘अनटाइटल्ड’ फिल्ममा देखिनेछिन् । यो फिल्ममा उनीसँगै विक्की कौशलको पनि मुख्य भूमिका रहनेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #कार्तिक आर्यन, #सारा अली खान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्