साउदीमा रोनाल्डोलाई भव्य स्वागत
काठमाडौं, २० पुस । साउदीको अल नासर फुटबल क्लबले रियादको मिसूल पार्क रंगशालामा भव्य समारोहका बीच पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोलाई भव्य स्वागत गरेको छ ।
केहिदिन अघि म्यानचेस्टर युनाइटेड छाडेर नासरसँग आबद्ध भएका रोनाल्डोलाई क्लबले भव्य स्वागत गरेको हो ।
मंगलबार साँझ रंगशालामा रोनाल्डोलाई स्वागत गर्न हजारौं साउदी फुटबल फ्यानहरूको सहभागिता रहेको थियो ।
रंंगशाला पुग्नुअघि रोनाल्डो साउदीको राजधानीमा नासर क्लबका अध्यक्ष मुसल्ली अल्मुअम्मर र टोलीका मुख्य प्रशिक्षक फ्रेन्च रुडी गार्सियासँगै पत्रकार सम्मेलनमा सहभागि रहेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै रोनाल्डोले भनेः म यो ठूलो निर्णय गर्न पाउँदा गर्व महसुस गरिरहेको छु ।
रोनाल्डोले आफूलाई यो अवसर दिएकोमा नासरप्रति कृतज्ञता व्यक्त गर्दै साउदी क्लबमा आवद्ध हुने निर्णयबाट आफ्नो परिवार निकै खुसी भएको समेत बताए ।
उनले आफू र आफ्नो परिवारलाई साउदी आइपुग्दा भएको न्यानो स्वागत दिएको भन्दै खुसी व्यक्त गरे । ‘साउदी अरेबियाका मानिसहरू म र मेरो परिवारसँग मायालु छन्, त्यसैले म साँच्चै गर्व गर्छु ।’ रोनाल्डोले उत्साहित हुदैँ भने ।
रोनाल्डो आफ्ना साथी जर्जिना रोड्रिग्वेज र उनका छोराछोरीसँगै नासरसँग आधिकारिक रुपमा सम्झौता गरेको तीन दिनपछि मंगलबार बिहान साउदी आइपुगेका थिए ।
रोनाल्डोले नासरसँग जुन २०२५ सम्म खेल्ने सम्झौता गरेका थिए । करिब २०० मिलियन डलर वार्षिक पारिश्रमिक लिएर रोनाल्डोले नासरसँग साढे दुई वर्षको सम्झौता गरेका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #क्रिस्टियानो रोनाल्डो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्