पुनर्वासमा जङ्गली हात्तीसँगै वन्यजन्तुको आतङ्क
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ सिताबस्तिमा जङ्गली हात्तीसँगै वन्यजन्तुको आतङ्क सुरु भएको छ । भारतीय सीमासँग जोडिएको पुनर्वास नगरपालिका ९ सिताबस्तिमा हरेक वर्षझैँ यस वर्ष पनि जङ्गली हात्ती तथा अन्य वन्यजन्तुले वितण्डा मच्चाउन सुरु गरेका छन् ।
भारतीय दुधुवा नेसनल पार्कबाट भित्रिएका जङ्गली हात्ती, नीलगाई, चित्तल लगायत वन्यजन्तुले सो क्षेत्रका एक दर्जन बढी किसानहरूको गँहुबाली र उखु बाली खाएर साथै कुल्चिएर नोक्सान गरेपछि स्थानीयहरू आतङ्कित हुन थालेका छन् । वन्यजन्तुले पचासौँ बिगाहा लगाइएको गँहुबाली तथा उखु बाली पुर्णरूपमा नोक्सानी गरेको छ भने वन्यजन्तु बस्तीमा पस्न थालेपछि स्थानीयहरू आतङ्कित हुन थालेका हुन् ।
पुनर्वास नगरपालिका ९ सिताबस्ति स्थित नेपाल भारत सीमा स्तम्भ १८६ पिलर नजिक भारतीय दुधुवा नेसनल पार्कबाट वर्षेनी भित्रिने गरेका जङ्गली हात्तीले उम्रिएर पाक्ने बेलासम्म नोक्सानी गर्ने गरेको दुधुवा निकुञ्ज वन्यजन्तु सङ्घर्ष समिति सदस्य पदम परियारले बताउनु भयो । जङ्गली हात्ती बस्तीमा पस्न थालेपछि हात्तीबाट बालीसँगै परिवारलाई जोगाउन रातभरि जाग्राम बस्नुपरेको पीडित धनु सुनारले गुनासो गर्नुभयो । बाली लगाएपछि हात्ती मात्रै नभई नीलगाई, चित्तल, बँदेलले पनि निरन्तर नोक्सान गर्ने गरेको स्थानीय सूर्य विकको भनाइ छ ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको आफ्नै वडा रहेको वडा नम्बर ९ का किसानको बाली जोगाउन स्थानीय तहको के कस्तो पहल हुनसक्छ भनी नगर प्रमुख शर्मासँग सम्पर्क गर्दा बाली अनुगमन गरी क्षतिपूर्तिका लागि प्रदेश सरकार र सङ्घीय सरकारलाई अनुरोध गर्ने नगर प्रमुख शर्माको भनाइ छ । विद्युतीय तार जालीका लागि स्थानीय तहको बजेटले नभ्याउने र वन्यजन्तु पीडित सङ्घर्ष समितिले नै पहल गर्नु पर्ने नगर प्रमुख शर्माको धारणा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पुनर्वासमा जङ्गली हात्तीसँगै वन्यजन्तुको आतङ्क
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्