Techie IT
बुधबार, वैशाख २४,२०८२

खुकुरी प्रहार गरी फरार रहेका ४ जना युवक पक्राउ


काठमाडौं । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका ४ गणेशपुरबाट प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । खुकुरी प्रहार गरी फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाईली, तासे भनिने प्रकाश थापा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार उनीहरु ‘यूपी३२ईयू८६१६’ नम्बरको भारतीय कारमा आएका थिए ।

उनीहरुले नेपालगञ्ज उप–महानगरपालिका १२ बस्ने अनुराग शाह, जानकी गाउँपालिका वडा ३ बस्ने उज्वल शाह र नेपालगंज उप–महानगरपालिका ४ बस्ने सुभम जंग शाहलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

उनीहरुले खुकुरी प्रहार गरी घाईते बनाएको भन्ने सूचना प्राप्त भएपश्चात कार्यालयबाट कार्यालय प्रमुख प्र।उ।सन्तोष सिंह राठौरको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटीएर तत्काल घाइतेहरुलाई उपचारको लागि नेपालगञ्ज शिक्षण अस्पताल नेपालगंज पठाइएको थियो । अस्पतालमा घाइतेहरुको अवस्था बुझेर प्रहरीले खुकुरी प्रहार गरी भागेका व्यक्तिहरुको खोजतलास तथा पक्राउ गरेको हो ।

प्रहरीले खुकुरी प्रहार गर्ने व्यक्तीहरुको पिछा गर्दै जाँदा डुडुवा गाउँपालिका ३ स्थित बनकट्टीबाट रामपुरुवा जाने कच्ची बाटोको दक्षिणतर्फ गहुँ लगाएको खेतमा घटनामा प्रयोग भएको खैरो रंगको कार फेला पारेको र घटनामा संलग्न नेपालगंज उप–महानगरपालिका १८ बस्ने २९ वर्षीय विनय भण्डारी, वडा ६ बस्ने ३१ वर्षीय तासे भन्ने प्रकाश थापा, राप्तीसोनारी गाउँपालिका वडा २ बस्ने ३१ वर्षीय नारायण डाँगी र वैजनाथ गाउँपालिका बस्ने २९ वर्षीय प्रकाश रसाईली भन्ने तुल्सीराम सुनारलाई डुडुवा २ दासपुरुवा भन्ने स्थान बाट नियन्त्रणमा लिइएको हो ।

उक्त घटनामा प्रयोग भएका २ थान खुकुरी जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका ५ फुल्टेक्रा स्थित सडक बाटो नजिक बुट्यान झाँडीमा फेला पारी बरामद गरेको बताएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:18 am6:42 pm +0545