ई–सेवा मनी ट्रान्सफरको आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द
काठमाडौं । आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ । ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले आन्तरिक रेमिट्यान्स कारोबार पुस १७ देखि लागू हुनेगरी पूर्ण रूपमा बन्द गरेको बताएको हो ।
रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउन ९इनवार्ड रेमिट० रहेको भन्दै आन्तरिक रेमिट्यान्सलाई बन्द गरी विदेशी रेमिट्यान्समा वृद्धि गर्ने उद्देश्य ई–सेवा मनी ट्रान्सफरको रहेको जनाएको छ । कम्पनीले आन्तरिक रेमिट्यान्स कारोबारलाई नियामक निकायले कडाइ गर्दै गएको, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको लगायत कारण आईतवारदेखि आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले बताए ।
उनले कम्पनीको सम्पूर्ण ध्यान विदेशबाट स्वदेशमा रेमिट्यान्समार्फत विदेशी मुद्रा भित्र्याउन उपयोग गर्न आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपले बन्द गर्ने बोर्डले निर्णय गरेको बताए ।
सिईओ कोईरालाले विप्रेषण विनियमावली ०६७ विनियम ७ को खण्ड ९ञ० मा विप्रेषकले विदेशबाट विप्रेषणका रूपमा विदेशी मुद्रा प्राप्त गर्ने ९इनवार्ड रेमिट्यान्स० कार्य मात्र गर्न पाउने व्यवस्था अनुसार नै काम गर्दै आएको बताए । उनले राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीले विदेशबाट रेमिट्यान्समा विदेशी मुद्रा प्राप्त गर्ने कार्य मात्र गर्न पाउने व्यवस्थाको पूर्ण रूपमा पालना गर्नु निर्देशन दिएकाले राष्ट्र बैंकको निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्न आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरिएको उल्लेख गरे । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार प्रवद्र्धन र प्रोत्साहनलाई प्राथमिकतामा राखेको तथ्यलाई दृष्टिगत गरी ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रमिट्यान्स कारोबार बन्द गरिएको बताए ।
उनले भने,‘सन् २०१९ मा ई–सेवा मनी ट्रान्सफरको स्थापना ग¥यौं । २०२०बाट ई–सेवा मनी ट्रान्सफर कारोबार शुरुवात ग¥यौं । मुलुकमा आन्तरिक रेमिट्यान्स चाहिन्छ भनेर शुरुवात गरेका थियौं । मुलुकको समग्र रेमिट्यान्समा १७ प्रतिशतसम्म आन्तरिक रेमिट्यान्सको योगदान रहेको छ । नेपालको रेमिट्यान्स हेरक वर्ष १० प्रतिशत मात्रै वृद्धि भएको देखिन्छ । आन्तरिक रेमिट्यान्सको खासै योगदान देखिँदैन । राष्ट्र बैंकले हरेक पटक आन्तरिक रेमिट्यान्स कारोबारलाईे कडाई गर्दै आएकाले ई–सेवा बोर्डले मुलुकको रेमिट्यान्स वृद्धि गर्न योगदान गर्न सकिने भनेर बन्द गरिएको हो । आन्तरिक रेमिट्यान्स कारोबार बन्द गर्नाले १३ अर्बसम्म रेमिट्यान्स आउनसक्छ । हाम्रो आन्तरिक रेमिट्यान्स कारोबार बन्द गर्नुको मुख्य उद्देश्य नै वैदेशिक रेमिट्यान्स बढ्न मद्दत गर्नु हो । बन्द गरे पनि अन्य विकल्पहरु रहेका छन् । डिजिटल रुपमा रेमिट्यान्सको कारोबार गर्दा लागत पनि कम हुन्छ ।’
उनले मुलुकको समग्र रेमिट्यान्समा वार्षिक रुपमा १० प्रतिशत मात्रै वृद्धि हुने गरेको बताए ।उनले विदेशी रेमिट्यान्स वृद्धि गर्न आन्तरिक रेमिट्यान्सले ठूलो योगदान गर्न नसकेको पनि बताए । पछिल्ला महिनामा राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारमा कडाई गर्दै आएको छ । सोही क्रममा ०७८ फागुनमा आन्तरिक रेमिट्यान्सको कारोबार सीमा ९मुलुकको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उसका सब–एजेन्टमार्फत गरिने आन्तरिक रेमिट्यान्स स्थानान्तरण० घटाइएको थियो । त्यसयता प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाउने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ई–सेवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्