६ वटा प्रदेश सभाको पहिलो बैठक आज
काठमाडौँ । ४ मंसिरको निर्वाचनबाट चुनिएर आएका प्रदेशसभा सांसदहरुले शपथ लिएसँगै आजदेखि देशका सातै प्रदेशसभाका बैठक सञ्चालन हुने भएका छन्। आज एकै दिन ६ वटा प्रदेशसभाको पहिलो बैठक बस्दैछ।
बागमती प्रदेशसभाको पहिलो बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टीसमेत गरी ११० जना प्रदेशसभाका सदस्यहरुको प्रदेशसभामा प्रतिनिधित्व छ।
६० सदस्यीय गण्डकी प्रदेश सभाको बैठक दिउँसो ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा सुरु हुनेछ। गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र नेकपा एकीकृत समाजवादीका एक सांसद रहेका छन्। गण्डकीमा सत्ता साझेदार दलको बहुमत छ। एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सांसद रहेकाले सरकार बनाउन सहज छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सभाको पहिलो अधिवेशन दिउँसो १ बजे सुरु हुँदैछ। लुम्बिनी प्रदेशसभाको बैठक पहिलो पटक स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा बस्दा सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रदेशको अस्थायी राजधानी धनगढीमै बैठक बस्नेछ।
अधिवेशनसँगै सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ। पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ।
प्रदेश नम्बर १ को पहिलो बैठक भने आइतबार बसिसकेको छ भने दोस्रो बैठक २५ गतेलाई बोलाइएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि एक साताको समय दिएर दाबी पेश गर्न आह्वान गरिसकेका छन्।
नेपालको संविधानको धारा १६८ को उपधारा ९१० अनुसार प्रदेश नम्बर १ को प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नभएकाले धारा १६८ को उपधारा ९२० अनुसार प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश १ को सभाको सदस्यलाई प्रदेश १ को मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रदेशसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्