राजनीतिमा फउल खेले रेड कार्ड देखाएर आउट गर्नुपर्छ : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालै मन्त्रिपरिषदले पूर्णता नपाउने संकेत गरेका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको १४ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले खेलकुदमन्त्री नै छैन । खेलकुदमन्त्री आउँदा अझै १०र१५ दिन लाग्न सक्छ । खेलकुद मन्त्री आएपछि म भन्छु खेलाडीहरुको सरकारले हेरोस् ।’
खेलकुद क्षेत्रको विकासका लागि आफूले सरकारसमक्ष माग गरेर पहल गर्ने बताए । उनले खेलकुददेखि राजनीतिसम्म कहीँ पनि फल खेल्ने नहुने बताए ।
पाँचदलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको प्रसंगलाई उनले संकेत गर्दै भने, ‘राजनीतिमा पनि फउल खेल्न हुँदैन । एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गर्नुपर्छ । सफलताका लागि फल नगरी खेल्नुपर्छ ।’
ओलीको प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने निर्णयले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संघदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्