सत्ता गठबन्धनलाई समर्थन गर्ने विषयमा नेकपा एसको स्थायी कमिटीमा छलफल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा वर्तमान सत्ता गठबन्धन सरकारलाई समर्थन गर्ने विषयमा छलफल भएको छ ।
काठमाडौँमा जारी बैठकमा धारणा राख्ने अधिकांश सदस्यले वर्तमान सत्ता गठबन्धनको सरकारलाई समर्थन गर्नुपर्ने बताउनुभएको नेकपा एकीकृत समाजवादीका नेता गङ्गालाल तुलाधरले जानकारी दिनुभयो ।
नेता तुलाधरका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव पठाउनुभएपछि मात्र सरकारलाई समर्थन गर्नुपर्ने धारणा स्थायी कमिटी सदस्यहरुले राख्नुभएको थियो ।
नेता तुलाधरले नेकपा एमालेसँग पार्टी एकताका विषयमा कुनै पनि छलफल नभएको बताउनुभयो ।
एकीकृत समाजवादीका ५२ जना स्थायी कमिटी सदस्यमध्ये हालसम्म ३२ जनाले आफ्नो धारणा राखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्