काबुलको सैन्य हवाई अड्डामा आत्मघाती विष्फोट
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको सैन्य हवाई अड्डामा आत्मघाती विष्फोट भएको छ ।
तालिबान गृह मन्त्रालयका प्रवक्ताले विष्फोटमा परी केही व्यक्तिको मृत्यु भएको बताएका छन् ।
प्रवक्ता अब्दुल नफी तकोरले बीबीसीसँग भनेका छन्, ‘हाम्रा केही सहयोगीहरु मारिएका छन् र घाइते पनि छन् ।’
तर हताहतीको विवरण आउन बाँकी छ । समाचार एजेन्सी एएफपीले तालिबान अधिकारीलाई अद्धृत गर्दै सैन्य हवाई हड्डाको गेटमा विष्फोट भएको र केही व्यक्तिको मृत्यु भएको उल्लेख गरेको छ ।
सन् २०२१ मा तालिबान पुनः अफगानिस्तानको सत्तामा पुगेको थियो । त्यतिबेला तालिबान नेताहरुले सुरक्षा अवस्था सुधार्ने बचन दिएका थिए । तर अफगानिस्तानमा बिष्फोटका ठूला घटना भइरहेका छन् । धेरैजसो घटनाको जिम्मा स्लामिक स्टेटले लिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्