सहकारीबाट ऋण लिएर फरार सञ्चालक र कर्मचारीलाई कालोसूचीमा राख्न प्रक्रिया सुरू
काठमाडौ । सहकारी संस्थाबाट ऋण लिएर समयमै नतिर्ने र सर्वसाधारणबाट संकलन गरेको बचत लिएर फरार हुने सञ्चालक तथा कर्मचारीलाई कालोसूचीमा राखिने भएको छ ।
५० लाखभन्दा बढी ऋण लिएर नतिर्ने एकसय जनाभन्दा बढी ऋणीलाई समितिले एक साताको अल्टिमेटमसहित फोनबाट जानकारी गराइरहेको छ । एक सातामा नआए कालोसूचीमा राखेर सूचना प्रकाशित गरिने भएको छ ।
यसका लागि सहकारी व्यवस्थापन समितिको कार्यालयले प्रक्रियासमेत अघि बढाएको जनाएको छ । अहिले ११ वटा समस्याग्रस्त सहकारीका अटेरी ऋणी, पैसा खाएर भाग्ने सञ्चालक तथा कर्मचारीलाई कालोसूचीमा राख्ने गरी काम सुरू गरिएको समितिका सदस्य सचिव केशव पौडेलले जानकारी दिए ।
कालोसूचीमा पर्ने ऋणीको राहदानी रोक्कालगायत अन्य बैंकिङ सुविधालगायत अन्य कारोबार पनि रोक्का हुनेछ ।
यस्तै स्थानीय तह र निर्वाचन आयोगलाई समेत आगामी निर्वाचनमा कालोसूचीमा परेका ऋणीलाई भाग लिन नपाउने व्यवस्था गराउन अनुरोधसहित पत्र पठाइने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सहकारी व्यवस्थापन समितिको कार्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्