फ्लाइ दुबई लाई उड्ने अनुमति दिएकोमा महाप्रबन्धक क्षेत्री अनुसन्धानमा तानिए
काठमाडौं । नेपाल वायुसेवा निगमलाई ४ मिनेट नदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फ्लाई दुबईलाई भने नियमविपरीत १७ मिनेट ढिला उडान अनुमति दिएको छ । मंगलबार राति साढे ८ बजे विमानस्थलमा अवतरण गरेको फ्लाई दुबई ९ बजे नै फर्किनु पर्ने थियो । तर उसले अन्तर्राष्ट्रिय नियमविपरीत विमानस्थल बन्द नोटाम अर्थात नोटिस टु एयरमेन (उड्डयनकर्तालाई सूचना) जारी गरेको समयमा जहाज उडाएको छ ।
चैत्र १८ देखि राति १० बजेपछि मर्मतका लागि विमानस्थल बन्द हुने गरको छ । यो समयमा उडान रोकिनु पर्ने भए पनि फ्लाई दुबईलाई नोटाम सुरु भएको समयमा उडान गर्न विमानस्थल कार्यालयको भनाइ छ ।
अघिल्लो मंगलबार भने निगमको जहाजले ४ मिनेट मात्र ढिलो हुँदा उडान रोकिनु परेको थियो । फ्लाई दुबईले ढिलो गर्दा पनि अनुमति पाएपछि यसको आलोचना भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #फ्लाइ दुबई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्