मकवानपुरमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा ४ जना घाइते
हेटौंडा । धरान-चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-५ को तीन तलेमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
शुक्रबार बिहान हेटौंडाबाट फापरबारी जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड ट्रकले ठक्कर दिएको डिएसपी कार्कीले बताए ।
उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा-१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जन, मोटरसाइकलमा पछाडी सवार अन्दाजी ४० वर्षीय हिरामाया लोप्चन र ट्रकमा सवार नाम थर वतन नखुलेको अन्दाजी २५ वर्षीय पुरुष गम्भीर घाइते भएका छन् ।
यसैगरी ट्रक चालक बारा निजगढ नगरपालिका-९ बस्ने २५ वर्षीय सुर्य बहादुर घिमिरे घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको हेटौंडा स्थित हे
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा ४ जना घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्