Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

प्रदेश १ कांग्रेस संसदीय दलमा उद्वव थापा विजयी


विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी भएका छन् । उनले १८ मत प्राप्त गरे । पार्टीका प्रदेश कमिटी सभापतिसमेत रहेका थापा कृष्ण सिटौलानिकटका हुन् ।

थापासँगै भिडेका केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरे । प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

अर्याल सभापति शेरबहादुर देउवानिकट र कार्की शेखर कोइरालानिकटका हुन् ।

पाँचदलीय गठबन्धन भत्किएसँगै एकाएक यहाँको संसदीय दलको समीकरण बदलिएको थियो ।

यसअघि यहाँ सिटौला पक्षमा खुलेका ९ सांसद थिए । पछिल्लो समयमा देउवाका विश्वास पात्र मानिने ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई काँध थापेको कांग्रेसका एक नेताले बताए । यस्तै संस्थापन पक्षकै प्रभावशाली नेता तथा प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पनि उनलाई साथ दिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उद्वव थापा, #नेपाली कांग्रेस प्रदेश १


तपाईको कमेन्ट लेख्नुहोस्