Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

एमालेले बागमती प्रदेशसमा संसदीय दलको नेता चयन गर्दै


पुस । नेकपा एमालेले बागमती प्रदेशसभामा आज संसदीय दलको नेता चयन गर्दै छ ।

एमालेको संसदीय दलको नेता चयन गर्नका लागि बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकले सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।

संसदीय दलको नेताका लागि चितवन-१ को १ बाट निर्वाचित एमाले केन्द्रीय सदस्य जगनाथ थपलीया (जे.एन) ले दाबी गर्दै आएका छन् ।

४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा एमालेबाट प्रदेशसभा सदस्यमा २७ जना निर्वाचित भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #एमालेले बागमती प्रदेशस


तपाईको कमेन्ट लेख्नुहोस्