Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

तारकेश्वरबाट नक्कली नोटसहित ४९ वर्षीय पप्पु पक्राउ


काठमाडौं।  प्रहरीले तारकेश्वरबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नवट सहित   बाराको आदर्श कोटवाल गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भन्‍ने शेख निसम अख्तर रहेका छन् ।

प्रहरीले उनको साथबाट एक हजार दरका ४ वटा नक्कली नोट बरामद गरेको छ ।

उनलाई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत बालाजु, काठमाडौं पठाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरबाट नक्कली नोटसहित ४९ वर्षीय पप्पु पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्