मनमोहन प्राविधिक विश्वविद्यालयमामा तालाबन्दी
सुनसरी । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका शिक्षकहरू आन्दोलित भएका छन् । पटक पटक राखेको अफ्ना मागहरूलाई विश्वविद्यालय प्रशासनले बेबस्ता गरेको भन्दै शिक्षक र कर्मचारीहरू सङ्गठनहरू बुधवारबाट पेन डाउनमा उत्रिएका हुन् ।
यता शिक्षक र कर्मचारीहरूको आन्दोलनका कारण विद्यार्थीको पढाई अन्योलमा परेको भन्दै तत्काल माग पूरा गर्न भन्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
नेपाल सरकार, भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानको त्रिपक्षीय सम्झौता भई २०६५ सालदेखि सञ्चालनमा आएको मनमोहन प्राविधिक विद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।
विश्वविद्यालय कार्यरत कर्मचारी तथा शिक्षकहरू विगत केही समयदेखि विभिन्न माग राख्दै आन्दोलनरत छन् । व्यवस्थापन र आन्दोलनरत पक्षबीच पटक पटक छलफल भई माग पूरा गर्ने सहमति भएको थियो ।
मनमोहन प्राविधिक विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले संयुक्तरुपमा शिक्षक र कर्मचारीहरूको हकहितलाई सम्बोधन गरिदिन उपकुलपतिलाई १८ बुँदे माग सहितको पत्र बुझाएका थिए । विभिन्न चरणमा छलफल भएको थियो , तर छलफल र परामर्श विपरीत शिक्षक, कर्मचारी लगायत प्राविधिकहरूको नियुक्ति तथा बढुवा सम्बन्धी कार्यविधि २०७९पारित भएको शिक्षकहरूको आरोप छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मनमोहन प्राविधिक विश्वविद्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्