फाइनलमा मेसीले गरेको दोस्रो गोल अवैध रहेको विश्लेषकहरूको दाबी
फूटबल विश्वकपको फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गरेको दोस्रो गोललाई मान्यता दिन नहुने केही विश्लेषकहरूले बताएका छन् ।
नाटकीय फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच एक्स्ट्रा टाइममा ३–३ गोल बराबरी भएको थियो अनि पेनाल्टी शूटआउटमा अर्जेन्टिना ४–२ ले विजयी भएको थियो । एक्स्ट्रा टाइमको पहिलो हाफमा मेसीले गरेको गोलका विषयमा विवाद उठाइएको हो ।
खेलको १०८ मिनेटमा लाउटारो मार्टिनेजले गरेको प्रहारलाई फ्रान्सका गोलकीपर ह्युगो लोरिसले छेकेका थिए । तर उनको हातमा ठोकिएर मैदानमै रहेको बललाई मेसीले जालीभित्र छिराएका थिए ।
मेसीले गोल गर्नुअघि नै अर्जेन्टिनाका दुई सब्स्टिच्युट खेलाडीहरू मैदानमा प्रवेश गरेकाले उक्त गोललाई मान्यता दिन नहुने फ्रान्सेलीहरूको जिकिर छ ।
‘यसको नियम एकदमै स्पष्ट छ, एउटा टीमका ११ जना खेलाडी मात्र मैदानमा रहन पाइन्छ,’ स्पेनी डिजिटल पत्रिका ओके दियारियोले लेख्यो ।
‘यस गोललाई अवैध घोषणा गर्नका लागि भारले कुनै हस्तक्षेप गरेन जबकि टीभी रिप्लेमा यो गोल स्कोरबोर्डमा चढाउनै मिल्दैनथियो,’ उसले थप्यो ।
नियमअनुसार खेल चलिरहेको बेलामा अतिरिक्त खेलाडी मैदानमा पसेमा खेल रोकेर खेलाडी पसेको ठाउँबाट विपक्षी खेलाडीलाई फ्रीकिक दिनुपर्ने हुन्छ ।
ईएसपीएनका एक पत्रकारले पनि फूटबल कानून पालन गर्ने हो भने उक्त गोललाई मान्यता दिन हुँदैनथियो भने । तर भारले बोल्नका लागि यो महत्त्वहीन विषय भएको पनि उनले तर्क गरे ।
फ्रान्सेली पत्रिका लक्विपेले यसमा ध्यान नदिएको भन्दै रेफ्री सिज्मोन मार्सिनियाकलाई १० मा जम्मा २ अंक दिएको छ ।
तर फ्रान्सको यस दाबीलाई प्रतिकार गर्दै केही प्रशंसकहरूले ११७औं मिनेटमा एम्बाप्पेले गरेको गोल पनि अवैध रहेको जिकिर गरेका छन् । दायो उपामेकानोले बललाई हातले छोएपछि त्यो बल एम्बाप्पेको गोडामा पुगेको उनीहरू दाबी गर्छन् ।
एम्बाप्पेले बललाई शूट गर्दा अर्जेन्टिनाका गोन्जालो मोन्टिएलको हात तेर्सिएपछि उनलाई पहेंलो कार्ड देखाइएको थियो र फ्रान्सलाई पेनाल्टीबाट गोल हान्न दिइएको थियो । एम्बाप्पेले उक्त गोल गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #फूटबल विश्वकप, #लियोनल मेसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्