Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

माओवादी केन्द्र रुपन्देही इन्चार्जले दिए राजीनामा


बुटवल । नेकपा (माओवादी केन्द्र) रुपन्देही जिल्ला इञ्चार्ज एवम् मुस्लिम मुक्ति मोर्चाका इञ्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिएका हुन् ।

प्रत्यक्षतर्फ रुपन्देहीबाट माओवादीका एक जना पनि उम्मेदवार विजयी भएका छैनन् ।


क्याटेगोरी : समाचार
ट्याग : #हकिकुल्ला खाँ


तपाईको कमेन्ट लेख्नुहोस्