लम्साल र अधिकारीको नेतृत्वमा नुवाकोटमा सुविधा सम्पन्न विद्यालय निर्माण
नुवाकोट । नुवाकोट तारकेश्वर गाँउपालिका– १ मा पुरानो दाङसिङस्थित दाङसिङ विद्यालय भवनको स्वीस प्रविधीबाट निर्माण गरि हस्तान्तरण गरिएको छ । बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साल र स्थानीय समाजसेवी शिव अधिकारी ‘अबिरल’को नेतृत्वमा निर्माण भएको उक्त ५ कोठे पक्की विद्यालय भवन निर्माण सकिएसँगै मंगलबार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री रामशरण महतले उद्घाटन गरेका हुन् ।
यसका साथै विद्यालयलाई आधुनिक प्रविधीबाट सु–सज्जित गर्न तातोचिसो पानीको सुविधासहित सावर सिस्टम जडान गरिएको छ, जसमा ३ बाथरुम समेत रहेका छन् । विद्यालय निर्माण प्रक्रिया सकिएसँगै उद्घाटन तथा विद्यालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. रामशरण महतले दाङसिङ विद्यालय भवन नुवाकोट जिल्लामै नमुनाका रुपमा निर्माण भएकाले अधिकारी र लम्सालले गरेका विकास निर्माणका कामबाट पाठ सिक्नुपर्ने बताए ।
उनले दाङसिङ जोड्ने बाटामा आफूले बजेट र नेतृत्व प्रदान गरेको र विकासमा क्रियाशिल रहेको बताए । महतले अधिकारी र लम्सालले विद्यालय र हेल्थपोष्ट निर्माण, महिला सशक्तिकरण, विद्यालय क्लबलगायत गरिब जेहन्दारलाई अधिकारी र लम्सालले सहयोग गरेको भन्दै राज्यको काम व्यक्तिले गरेकाले उनीहरुबाट पाठ सिक्नुपर्ने बताए ।
नेपाली कांग्रेसका युवा नेता तथा महासमिती सदस्य रमेश महतले एकल व्यक्तिको प्रयासमा तारकेश्वरमा एकपछि अर्को गर्दै चमत्कारी कामहरु अधिकारी र लम्सालले गरेकाले यसको खुलेर प्रशंसा गर्दै उनीँहरुलाई हौसला प्रदान गर्न आम तारकेश्वर बासी लाग्नुपर्ने बताए ।
बरिष्ठ पर्यटन व्यवसायी मोहन लम्सालले तारकेश्वरभित्र धेरै विद्यालय र स्वास्थ्य केन्द्र बनाउने अभियानमा आफू लागिरहेको र सबैले आफूलाई हौसला दिएकाले शिक्षाको ज्योतिबिना देशको विकास नहुने भएकाले सदैब क्रियाशिल हुने बताए । यस्तै अधिकारीले समन्नुत तारकेश्वरको आफ्नो योजना रहेकाले विकास निर्माणको काममा आफू लागिपरेको बताए ।
विद्यालय निर्माण, महिलाहरुको सशक्तिकरणका लागि सहयोग, बाटाघाटो निर्माण, हेल्थपोष्ट निर्माण, क्लबहरुलाई आर्थिक सहयोग, संस्कृतिको जर्गेना लगायतको कामलाई आफुले हरतरहले सहयोग गरेको भन्दै अधिकारीले बिकास निर्माणमा राजनीतिक रंग जोड्न नहुने र आफ्नो अहिलेको मुख्य एजेण्डा समुन्नत तारकेश्वरको सपना रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यालय निर्माण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्