Techie IT
सोमबार, वैशाख २२,२०८२

जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र जापान क्षयरोग निवारण संस्थाद्धारा क्षयरोगका विरामि खोज्न शुरु


काठमाडौँ, । काठमाडौँ उपत्यकामा लुकेका क्षयरोगका विरामि खोज्न शुरु गरिएको छ । जापान क्षयरोग निवारण संस्था र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाले सयुक्त रुपमा उपत्यकामा क्षयरोगका विरामीलाई खोज्न शुरु गरेको हो । संस्थाले अहिलेसम्म उपत्यकाका १७ स्थानमा क्षयरोग खोज्नका लागि ‘ सक्रिय क्षयरोग खोज प्रताल’ कार्यक्रम शुरु गरेको छ ।

संस्थाका प्रमुख रामशरण गोपालीले खोजप्रताल गर्दा १.१ प्रतिशतमा क्षयरोगका विरामी भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार चार हजार २७३ जनामा क्षयरोग परीक्षण गर्दा ४५ जनामा विरामी भेटिएको छ ।

उहाँले उपत्यकामा रहेका शहरी गरिवी, स्वास्थ्य सेवाको पहुँच नभएका, एउटै कोठामा बस्ने जोखिम समूह, बृद्धाश्रम, होस्टेल, कलकारखानामा काम गर्ने मजदुरलाई लक्षित गरि खोज प्रताल कार्यक्रम संचालन गरेको बताउनुभयो । संस्थाले क्षयरोगका लक्षण नभएका व्यक्तिमा क्षयरोगको परीक्षण गरिरहेको छ ।

काठमाडौँ महानगरको वडा नं. ८ को तिलगंगास्थित शान्ति सेवागृहमा क्षयरोगको परीक्षण गरि शुरु गरिएको उहाँले जानकारी दिनुभयो । गृहमा बसेका बालबालिका, बृद्धालाई लक्षित गरि परीक्षण शुरु गरिएको हो ।

उहाँका अनुसार दुई सय ५० जनाको निःशुल्क परीक्षण गरि उपचार गरिने छ । छातीको एक्सरे गरेपछि क्षयरोगको शंका लागेपछि ‘टीवी ल्याम्प’ र ‘जीन एक्सर्ट ’विधिबाट खकार परीक्षण गरिन्छ ।

क्षयरोगका विरामी भेटिए स्वास्थ्य संस्थामार्फत औषधी सेवन गराउने गर्दछ। संस्थाका प्रमुख गोपालीले जोखिममा रहेका ठाउँका मानिसमा क्षयरोग पत्ता लगायो भने क्षयरोगलाई नियन्त्रण गर्न सकिने बताउनुभयो ।

नेपालले सन् २०३५ सम्म क्षयरोगलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सरकारले क्षयरोगका विरामीलाई निःशुल्क उपचार गर्दै आइरहेको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #क्षयरोगका विरामी खोजिदै, #जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545