वीर अस्पतालका १२ जना डाक्टर र नर्स लामो समयदेखि बेपत्ता
काठमाडौं । वीर अस्पतालले लामो समयदेखि बेपत्ता कर्मचारीलाई काम गर्न आउन ताकेतासहित सूचना निकालेको छ । लामो समयदेखि विना जानकारी कार्यालयमा नआएपछि अस्पतालले १२ जनालाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो ।
वीरका अनुसार बिदा स्वीकृत नगराई विना जानकारी काममा नआउनेमा एक चिकित्सक, ९ जना स्टाफ नर्स र २ जना अनमी छन् । उनीहरूलाई बीचमा आफन्त तथा अन्य साथीभाइमार्फत सम्पर्क गर्न खोज्दासम्म कोही नआएपछि बाध्य भएर सूचना निकाल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।
वीरद्वारा जारी सूचनामा अबको ३० दिनभित्र हाजिर हुन नआए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी नियमावली र स्वास्थ्य सेवा ऐनअनुसार कारबाही गरिने उल्लेख छ ।
वीरका अनुसार लामो समयदेखि बेपत्ता कर्मचारीहरू निम्नानुसार छन्-
१. रजिष्ट्रार/ट्युटर डा. सृष्टी शाह
स्टाफ नर्सहरू
१. जमुना सिटौला
२. शान्ति लम्साल
३.ओमदेवी पुन
४. सुशीला ढकाल
५. सम्झना श्रेष्ठ
६. सकिला चौलागाईं
७. रेणुका अधिकारी
८. अन्जुकला राई
९. सरस्वती अर्याल
अनमी
१. अनिता बसेल
२. साहिदा सुब्बा

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वीर अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्