प्रचण्डले पहिलो चरणको प्रधानमन्त्रीमा दाबी गर्दा देउवा मौन

काठमाडौं । मंसिर ४ गते सम्पन्न संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकतर्फ १४ सिटसहित ३२ सिट ल्याएर संसद्को तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र) ले आफ्नै नेतृत्वमा सरकार गठनको लागि पहल थालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनबाटै सरकार गठनको गृहकार्य थालेका छन् । र, अब बन्ने सरकारको पहिलो चरणको नेतृत्वपनि आँफै गर्ने उनको चाहना छ ।
हिजो (शनिबार) भने दाहालले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नयाँ सरकार गठनबारे छलफल गरेका थिए । सो भेटवार्तामा दाहालले सरकार गठन, शक्ति बाँडफाँडको विषयमा देउवासँग कुरा राखेका थिए । तर, देउवाले भने यसबारेमा कुनै जवाफ नदिएको बालुवाटार स्रोतको दाबी छ । बरु, देउवाले आफ्नो दलमा संसदीय दलको नेताको लागि निर्वाचनको तयारी थालिएको भन्दै दलको नेता चयन नभएसम्म सरकार गठन र शक्ति बाँडफाँडको विषयमा कुरा नगर्ने अडान लिएका थिए ।
निर्वाचनअघि दाहालसँग देउवाले निर्वाचनपछिको सरकारको नेतृत्व गर्न दिने सहमति जनाएको माओवादी केन्द्रका नेताहरुको भनाई बाहिर आउन थालेको छ । दाहालले पनि हालै काँस्कीको एक कार्यक्रममा आफू छिट्टै मुलुकको नेतृत्व गर्ने ठाउँमा पुग्ने भन्दै गठबन्धनबाटै अबको सरकारको नेतृत्व गर्ने खुलासा गरेका थिए । दाहालको उक्त अभिव्यक्तिले कांग्रेसमा भने तरंग पैदा गरेको छ । कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले त अबको सरकारको नेतृत्व पनि देउवाले नै गर्ने भन्दै दाहाललाई प्रधानमन्त्री बनाउनेबारे कुनै छलफल पनि नभएको स्पष्ट पारिसकेका छन् ।
प्रचण्डले भने कांग्रेसले सरकारको नेतृत्व पहिलो चरणमा आफूलाई गर्न नदिए गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्नेगरि छलफल अघि बढाएका छन् । एमालेका नेताहरु पनि कांग्रेस नेतृत्वको गठबन्धन तोड्न चाहन्छन् । उनीहरु यतिवेला माओवादी केन्द्रका नेताहरुसँग भेटवार्तामा रहेका छन् ।
दाहालले आफूले नै त्याग गरेर देउवालाई गठबन्धनको तर्फबाट मुलुकको नेतृत्व गर्ने तहमा पुर्याएको र गठबन्धनकै कारण कांग्रेस ठूलो दल बनेकोले कांग्रेसले आफूलाई त्यसको गुण तिर्नुपर्ने अडान लिएका छन् । देउवा दाहालसँग आलोपालो सरकारको नेतृत्व गर्न तयार रहेको बुझिएको छ । तर, पहिलो चरणमा प्रधानमन्त्री दिन भने देउवाले पनि चाहेका छैनन् । देउवाको रणनीति बुझेका दाहालले गठबन्धन टुटाएर एमालेसँग सहकार्यको लागि हात बढाए आश्चर्य नमान्न माओवादी केन्द्रका नेताहरुको पनि टिप्पणी छ ।
दाहालले देउवासँगको भेटवार्तामा सरकारको नेतृत्व पहिलो चरणमा कसले गर्ने भन्नेमात्रै नभएर राष्ट्रपति, उपरराष्ट्रपति र सभामुखजस्ता प्रमुख पदको भागवण्डाबारे पनि छलफल गर्न चाहेका थिए । तर, देउवाले दलको नेताको चुनाव हुन लागेकोले नेता चयन नभएसम्म पर्खन आग्रह गरेको बुझिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल प्रचण्ड, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्