चोरी तथा हराएको मोबाईल सम्बन्धीत धनीहरुलाई हस्तान्तरण
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न समयमा चोरी तथा हराएको मोबाईल फेला पारि सम्बन्धीत धनीहरुलाई बुझाएको छ ।
प्रहरीले आफ्नो नियमित कार्यसँगै चोरीको मोबाईल फोन खोजी गरि दिन अनुरोधका साथ आएको निवेदनमाथि सुनुवाई गर्दा २९ थान मोवाईल फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
प्रहरीले फेला पारेका मोबाइलहरु सम्बन्धी व्यक्तिलाई नै बुझाईएको प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिनुभयो ।
राईका अनुसार नेपालको प्रचलित कानून र नेपाल प्रहरीको सीडीआर सम्बन्धि निर्देशिका बमोजिम हराएका तथा चोरी भएका मोबाईल खोजिदिन परेका २ सय निवेदनहरुमा आईएमईआई रेकर्ड भई खोज तलास हुँदा हराएका मध्ये २९ वटा मोबाईल फेला परेको हो
फेला परेका मोवाईल मध्ये १५ जनालाई बुधबार मात्रै प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले सम्बन्धीत पक्षलाई बुझाउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जिल्ला प्रहरी कार्यालय संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्