सरकारले ल्याउन लागेको अध्यादेश निस्तेज पार्नुपर्ने बुद्धिजीवीको अडान
काठमाडौं । नेपाल बुद्धिजीवी परिषदले सरकारले ल्याउन लागेको अध्यादेश निस्तेज पार्नुपर्ने अडान राखेको छ । परिषदले एक विज्ञप्ती जारी गर्दै अपराधको राजनीति रोक्न अध्यादेशलाई निस्तेज पार्नुपर्ने बताएको हो ।
विज्ञप्तीमा काम चलाउ सरकारले निर्वाचन सकिएको र संसद्को विधिवत् गठन भई नसकेको अवस्थामा देशमा दीर्घकालीन महत्त्वका र नीतिगत निर्णय लिने अधिकार नरहने उल्लेख गरेको छ । निर्वाचन र संसद् गठनका बिचको सङ्क्रमणकालीन अवस्थामा आफ्नै देशका र अन्तर्राष्ट्रिय जगतका फौजदारी कानुन र आचारहरू अदालतका फैसलालाई चुनौती दिँदै सरकारका तर्फबाट ‘केही मुद्दा फिर्ता लिन सकिने’ अध्यादेश ल्याएर त्यसका माध्यमबाट राजनीतिक गठजोडको लाभ लिन खोज्ने गठबन्धनमा सामेल दलहरू र त्यसका नेता नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा नेतृत्वको यो अन्तरिम सरकारको जति भर्त्सना गरे पनि नपुग्ने विज्ञप्तीमा उल्लेख छ ।
सत्तालोलुप उद्देश्यसाथ अपराधलाई राजनीतीकरण गर्न र समग्र राजनीतिलाई नै अपराधीकरण गर्नतर्फ हौस्याउने गरी आएको अध्यादेश देश, जनता तथा लोकतन्त्रको विरोधी भएको बुद्धिजीविको ठम्याइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल बुद्धिजीवी परिषद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्