Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

नागार्जुन शिवपुरी राष्ट्रिय निकुञ्जमा जीप सफारी सञ्चालन


काठमाडौ उपत्यका भित्र रहेको एकमात्र राष्ट्रिय निकुञ्ज शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आज मिती मंसिर २९ गतेदेखि जिप सफारी सञ्चालन गरिएको छ। नागार्जुन जामाचो जिप सफारी प्रालिले आज एक उद्घाटन कार्यक्रम गर्दै जीव सफारी सञ्चालनमा ल्याएको हो।

उक्त जिप सफारी सोही निकुञ्ज मध्यवर्ती क्षेत्रका तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाका स्थानीयहरुले नागार्जुन शिवपुरी जंगलको एैतिहासिक , धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको
विकासको लागि सञ्चालनमा ल्याएका हुन्।

जामाचो नागार्जुन जीव सफारीले नागार्जुन राष्ट्रिय निकुञ्जको करिब ३६ किलोमिटरको दूरीमा अन्तरिक तथा बिदेशी पर्यटकहरुलाई गुमाउनेछ। जंगलभित्र पाटेबाघ, चितुवा, बधेल, लगायत सयौं थरीका चराचुरुङ्गी देख्न सकिनेछ।

आज समुद्घाटन गरिएको कार्यक्रममा यसै क्षेत्रका सांसद , पर्यटन संघसंस्थाका पदाधिकारी, राष्ट्रिय निकुन्जका संरक्षक, नेपाली सेनाका सेनानी, मध्यवर्ती क्षेत्र भित्रका उपभोक्ता समितिहरु, र सर्वसाधारणको उपस्थितिमा, सो कार्यक्रमको रिबन काटी जीप सञ्चालनमा ल्याइएको थियो। कार्यक्रममा काठमाडौ जिल्ला क्षेत्र नम्बर सात प्रदेश ख सांसद प्रकाश श्रेष्ठ काठमाडौ जिल्ला क्षेत्र नं छ प्रदेश ख सांसद अमन मास्के,नेपाल। पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षक लक्ष्मण प्रसाद पौडेल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति का अध्यक्ष दावा तामाङ, नेपाली सेना काली ध्वज गणका प्रमुख सेनानी सागर थापा, शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जका पूर्व प्रमुख संरक्षक कमल जंग कुवर, पानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल, नेचर गाइड समीती का विशाल अधिकारी, नेपाल पर्यटन व्यवसायी संगठन का केन्द्रिय अध्यक्ष पूर्ण कुँवर, सदस्य विष्णु कार्की, लगायतको उपस्थितिमा भएको उक्त कार्यक्रममा जामाचो नागार्जुन सफारी प्रालि का अध्यक्ष सिताराम रेग्मीले जिप सफारी को को संचालन केवल नाफा कमाउने उद्देश्यले मात्र नभएर यस क्षेत्रको सम्पूर्ण पर्यटन क्षेत्रको विकासको लागि गरिएको बताउनुभयो।

सांसद प्रकाश श्रेष्ठले नागार्जुन निकुञ्जभित्र भविष्यमा भ्यू टावर स्थापना गरी साइकलयात्रीको लागिपनि ट्र्याक खोल्ने जानकारी दिँदै स्थानीयहरूको रोजगारीको विकासकोलागि पर्यटन सहकारीमार्फत यस निकुञ्जले छुने नगरपालिकाहुरुमा होमस्टे स्थापना गर्ने जानकारी दिनुभयो। नागार्जुन जंगलभित्र रहेको ऐतिहासिक स्थल पचली भैरव को १२ सय रोपनी क्षेत्रफलमा एनिमल पार्क स्थापना गर्न विस्तृत अध्ययन प्रतिवेदन भइसकेको जानकारी दिनुभयो।

अर्का प्रदेश सांसद अमन मास्केले जिप सफारी को सफलताको कामना गर्दै यस क्षेत्रमा new अन्य व्यवसायीहरुलाई पनि पर्यटन बिकासको लागि सामेल गर्नुपर्ने बताउनुभयो। नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तरिक पर्यटन हरुले अनुशासित भई निकुञ्जको क्षेत्रभित्र सरसफाइमा ध्यान दिनुपर्ने कुरा बताउनुभयो।

निकुञ्जभित्र पर्यटनको चापसँगै फोहाेर थुप्रैनी समस्या हुने भएकोले त्यतातर्फ कम्पनीले ध्यान दिनुपर्ने सुझाव दिनुभयो। सोही कार्यक्रममा शिवपुरी राष्ट्रिय निकुञ्जभित्र जिप सफारी लगायत, रिसोट, साइकल यात्रा, केबलकार को अवधारणा को बिकास गरी व्यवस्थापिका संसदबाट ऐन अनुमोदन गराउन सफल हुनुभएका निकुञ्ज पुर्व संरक्षक कमलजंग कुँवरले निकुञ्जभित्र धेरै सवारी साधन चल्न थाले वायु प्रदूषण हुने जनावरहरूलाई असर हुने आदि कारणले व्यवस्थित किसिमले जीप सफारी संचालन गरेमा त्यस्ता कार्य रोकिने भएकोले आफ्नो कार्यकालमा सफारीको अवधारणा ल्याएको बताउनुभयो। मध्यवर्ती क्षेत्रका स्थानीयहरूको पहलमा जिप सफारी संचालन आउनले रोजगारीको सृजना हुने साथै आर्थिक आय पनि हुने भएकोले आफूले यस्तो अवधारणा ल्याएको बताउनुभयो। मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा तथा आन्तरिक तथा बाह्य पर्यटक र निकुञ्ज बीच यस्ता कार्यले सम्बन्ध जोड्ने र स्थानीयले निकुञ्ज बाट राहात महसुल गर्ने हुनाले यस जंगलभित्र पर्या पर्यटनको प्रशस्त सम्भावना रहेको जानकारी दिनुभयो।

सोही कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षक लक्ष्मण प्रसाद पौडेलले सय किलोमिटरभन्दा बढी पर्खालले घेरिएको नागार्जुन जंगलभित्र साइकल लेनको पनि व्यवस्थापन गर्नसके थप पर्यटकहरुको आकर्षित हुने कुरा बताउनुभयो । उक्त कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति का अध्यक्ष धावा तामाङले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो। जामाचो जिप सफारी ले आजकै दिनदेखि आन्तरिक तथा विदेशी पर्यटकहरुलाई निःशुल्क जीप सफारी गराएको थियो।

जिप सफारीका प्रवर्धक शशि धर नेपालका अनुसार जिप सफारी मा यात्रा गर्न चाहनुहुने तलको link मा click गरी TICKET book गर्न सक्नेछन्
www.safaritourkathmandu.com


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्