संसद् सेवालाई स्वायत्त बनाइनु पर्छ : गणेशप्रसाद तिमल्सिना

काठमाडौँ ।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसद् सेवालाई व्यवस्थित बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
१६ औँ संघीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमल्सिनाले संसद् सेवा अरू सेवाभन्दा विशिष्ट भएकाले सोही अनुसार कार्यसम्पादन गर्न संसद् सचिवालयका सम्पूर्ण कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाटले संसद् सचिवालयमा काम गर्ने कर्मचारीको वृद्धि विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पूर्वसभामुख रानाभाटले संसद् सचिवालय स्वायत्त र प्रभावकारी भए मात्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो ।
त्यसैगरी कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले निजामती सेवामा कार्यरत कर्मचारीलाई संसद् सचिवालयमा प्रवेश गर्न कठिन हुने गरेको गुनासो गर्नुभयो ।
यस अवसरमा प्रशासन विज्ञ काशीराज दाहाल र संसद् सचिवालयका सचिव सुदर्शन खड्काले संसद् सेवाको समीक्षा र आगामी कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका निवर्तमान सभापति परशुराम मेघी गुरुङले संसद् सेवा ऐन संशोधन गर्न राजनीतिक दलहरूको सहमति रहने बताउनुभयो ।
संसद् सचिवालयका पूर्वसचिवहरु मुकुन्द शर्मा र सोमबहादुर थापाले पनि प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो
क्याटेगोरी : समाचार
ट्याग : #गणेशप्रसाद तिमल्सिना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्