केन्द्रीय सदस्य तथा तनहुँ इञ्चार्ज चित्र थापा र केन्द्रीय सदस्य रेखा थापा बस्यालले पार्टी त्यागेको पत्र केन्द्रीय अध्यक्ष माधव नेपाललाई पठाएका हुन ।
‘हामी एउटा कुनै कम्युनिष्ट समुहमा आवद्ध हुनुभन्दा समग्र बाम एकताको पक्षमा उभिने निर्णयमा पुगेका छौं, सवै नेताहरुलाई एकताको पक्षमा लाग्न हार्दिक अनुरोध पनि गर्दैछौं,’ अध्यक्ष नेपाललाई बुझाइएको पत्रमा भनिएको छ ।
पत्रमा बिद्रोह गरी नयाँ बनेको पार्टीले आफ्नो कुनै पनि उदेश्य पूरा नगरेको र गलत बाटो लिएको प्रष्ट भएपछि आफूहरुले पार्टी त्यागेको पनि उहाँहरुको भनाई छ । नेतृत्वमा गम्भीर बिचलन र सिमित नेताको ब्यवस्थापन गर्ने शैली रहेको र यस्तो कामले पार्टी गठनको आधार नै सकिएको पनि पत्रमा उल्लेख छ ।

तपाईको कमेन्ट लेख्नुहोस्