मोटरसाइकल चोरहरुको जालो तोड्दै एसपी नवराज : पाँच जना पक्राउ
चितवन । चितवनमा चोरीको मोटरसाईकलसहित पाँच जना गिरोहलाई प्रहरीले (सोमबार) सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाको विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाइ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वडा नंम्बर १६ वस्ने १८ बर्षीया होम कुमार गुरुङ, सोही ठाउँ बस्ने ३७ बर्षीया सुनिल मगर, नवलपरासी (सुस्ता पूर्व) बुलिङटार गाउँपालिका वर्डा नम्बर ५ घर भई हाल कावासोती नगरपालिका वर्डा नम्बर २ मा डेरा गरी बस्ने २४ बर्षीया यम कुमार थापा मगर, कावासोती नगरपालिका वडा नंम्बर ४ वस्ने २७ बर्षीया यम बहादुर सारु मगर र गैंडाकोट नगरपालिका वडा नंम्बर ११ वस्ने २६ बर्षीया लाल कुमार आले रहेका छन् ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले ना.५१.प ५८१७ नम्बरको सेतो रङको एन.एस मोटरसाइकल, प्रदेश नम्बर ०३-०३-००१ प ७३०२ नंम्बरको रातो/कालो २२० सिसिको पल्सर मोटरसाइकल, प्रदेश नम्बर २-०३-००१ प ५८६४ को सेतो कलरको डुक कम्पनीको मोटरसाइकल, प्रदेश नम्बर ३- ०२- ००८ प ०३९८ नंम्बरको रातो कलरको एनएस मोटरसाइकल, लु ४४ प ७७४२ नंम्बरको निलो कलरको २२० सिसी पल्सर मोटरसाइकल र लक तोड्ने औजार एक थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार जिल्लाको विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी हुने गरेको गुनासोको आधारमा सादा पोशाकका प्रहरीलाई निगरानीमा खटाइएको थियो । निगरानीमा खटिएको प्रहरीले हिजो (आइतबार) साँझ पौने आठ बजे गिरोहमध्य सुरुमा सुनिल मगर र होम कुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
भरतपुर महानगरपालिका २ स्थितमा ना.५१.प. ५८१७ नम्बर प्लेट भएको सेतो रङको एन.एस. मोटरसाईकल चलाउदै आएका सुनिल र पछाडी सवार गुरूङले पार्किङ गरी राखिएको प्रदेश नम्बर ०३-०३-००१ प ७३०२ नंम्बरको रातो/कालो २२० सिसिको पल्सर मोटरसाइकललाई लक तोड्ने औजारले लक फोडी चोरी गर्न लागेको अवस्थामा लक फोड्ने औजार सहित नियन्त्रणमा लिइ सोधपुछ गर्दा अन्य ब्यक्तिको समेत संलग्नता देखिन आएको उनलेे बताए । उनीहरुकै बयानका आधारमा प्रहरीले थप तीन जनालाई पुल्चोकबाट नियन्त्रणमा लिईएको थियो । उनीहरुलाई पक्राउ गरेपछि प्रहरीले बिभिन्न ठाउँबाट विभिन्न मितिमा चोरी गरी लुकाई छिपाई राखिएको अवस्थामा थप मोटरसाईकल बरामद गरिएको जनाएको छ । पक्राउ परेकाहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको समेत जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्