मेसेन्जरबाट याैन सम्पर्ककाे प्रस्ताव , ५ करोडको डिलिङले पुर्यायाे प्रहरीको फन्दामा
काठमाडौं । ‘हनी-ट्रयाप’ शैलीमा फसाउँदै रकम असुल्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले प्रेम सम्बन्धको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने दुई महिला र एक पुरुषलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक ९डीएसपी० राजनकुमार गौतमले ‘हनी(ट्रयाप’ शैलीमा फसाउँदै रकम असुल्ने घोराही १० नारायणपुरबाट एक जना पुरुष र तुलसीपुरबाट २ जना महिलालाई पक्राउ पुष्टि गर्नुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा घोराही(१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णकुमारी बस्नेत, गढवा(६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज रहेका छन् ।
उहाँले भन्नुभयो,’पक्राउ परेकाहरुले तुलसीपुरका एक जना व्यवसायीलाई मेसेन्जर र मोबाइलबाट शारीरिक सम्पर्कको प्रस्ताव राखेको र पछि बलात्कार मुद्दा हाल्ने भनी मोटो रकम माग गरेका थिए।’
पीडित भनिएका दाङका ४५ वर्षीय व्यवसायी विवाहित र सम्पन्न परिवारका व्यक्ति हुन् भने आरोपित अनुष्का भनिने कृष्णा गहतराज डिभोर्स भएकी एकल महिला हुन् ।
सामान्य चिनाजानपछि उनीहरु नजिकिँदै गए र व्यक्तिगत सम्बन्ध बन्यो । कृष्णाले सुरुदेखि नै आर्थिक लाभ लिँदै आएकी थिइन् । प्रहरीका अनुसार ती पुरुषले हालसम्म ३० लाख रुपैयाँ दिइसकेका थिए ।
उनीहरुबीचको मोबाइल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको अनुसन्धाबाट खुलेको उहाँले डीएसपी गौतमले बताउनु भयो ।
डीएसपी गौतमका अनुसार पीडितको घर परिवारलाई समेत टर्चर दिन थालेपछि यो घटना प्रहरी कहाँ आइपुगेको हो। प्रहरीले आरोपित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #पक्राउ, #हनी-ट्रयाप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्